Comments Add Comment

खुशी हुने सन्देश दिदैँ जसिता गुरुङ

यो वर्ष नेपाली चलचित्रले नायिका जसिता गुरुङलाई खुबै याद गर्‍यो । उनले साइन गरेका चलचित्रको छायांकन मात्र सुरु भइदिएको भएपनि उनको व्यस्तता केही बढ्ने थियो । तर, यस्तो भएन ।

जसिताले अभिनय गरेका कुनै पनि चलचित्र यो वर्ष रिलिज भएनन् । बरु, उनी चलचित्रमा अनुबन्धित भएका खबर मात्र नेपाली मिडियामा आए ।

नायक प्रदिप खड्कासँग उनको प्रेम सम्बन्ध टुटेको र धिरज मगरसँग नजिक भएको खबरले पनि मिडियामा स्थान पायो । जसिता र धिरज केही वर्ष पहिले प्रेम सम्बन्धमा रहेको खबर सार्वजनिक भयो ।

जसिताले यो वर्ष चलचित्र ‘आई एम ट्वान्टी वान’ र ‘एन्टी हिरो’ साइन त गरिन । तर, यी दुबै चलचित्र यो वर्ष छायांकनमा पनि जान सकेनन् । त्यसैले पनि जसिताको कुनै पनि चलचित्र यो वर्ष रिलिज भएन ।

यसअर्थमा, जसिताका लागि यो वर्ष सुखद रहेन । तर, उनी भने खुशी हुन सन्देश दिइरहेकी छिन् । मिडियामा जसिताको गसिप खुबै आएपछि उनले, खुशी हुन र तनाव नलिन आग्रह गरेकी छिन् ।

चलचित्र करिअरमा जस्तो परिस्थिती भएपनि जसिता खुशी छिन् भन्ने उनकै कुराले पनि बुझाउँछ । आशा गरौँ, आउँदो वर्ष जसिताका लागि सुखद हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment