+
+
Shares

सिद्धार्थ बैंकद्वारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १४:२४

३० चैत, काठमडौं ।सिद्धार्थ बैंक लिमिटेडले १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको छ।

बैंकले कोरोना भाइरसको रोमथाम तथा निउयन्त्रणका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका वर्गहरुलाई तत्काल राहत हुने गरी बैंकका स्थानीय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजारको दरले स्थानीयतह राहत कोषमा पाँच लाख १० हजार आर्थिक सहयोग गरेको हो।

बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बैंकले लिएको छ ।

यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?