Comments Add Comment

घाँस काटेपछि चिटिक्क देखियो दशरथ रंगशाला

तस्वीरहरु : एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको फेसबुकबाट ।

३० चैत, काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सामाजिक दूरी कायम गर्न हाल नेपालमा लकडाउन गरिएको छ ।

अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द हुँदा खेलकुद गतिविधि पनि ठप्प छ । तर लकडाउनको बेलामा पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा मैदानको घाँस काट्ने काम भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फुटबल मैदानको घाँस काट्ने कार्यको पहिलो चरण सकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जनाएका छन् ।

सामाजिक सञ्जालमा रंगशालाको पहिलो चरणको घाँस काटेपछिको तस्वीर राखेर उनले रंगशाला मर्मतको काम भइरहेको जानकारी दिएका छन् ।

लकडाउन सुरु हुनुअघि नै सुरु भएको मर्मत लकडाउनपछि रोकिएको थियो । लामो समय मैदानमा पानी नहाल्दा घाँस मर्न थालेको थियो । एन्फाले बुधबारदेखि मैदानको घाँस काट्ने र पानी हाल्ने काम सुरु गरेका थियो ।

यो रंगशालामा यही चैतमा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेसँगको होम म्याच खेल्ने तय थियो । तर कोरोना भाइरसका कारण एएफसी र फिफाले खेल स्थगित गरेको छ । रंगशालामा पछिल्लो पटक फागुन ३ गते शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment