Comments Add Comment

कोरोना भाइरसको प्रभाव :  एक महिनामा प्रिमियर लिगमा के के भयो ?

२० चैत काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वभर फुटबल गतिविधि ठप्प छ ।

विश्वकै चर्चित लिग फुटबल इंग्ल्याण्डको प्रिमियर लिग पनि विगत एक महिनादेखि ठप्प छ ।

यो एक महिनामा प्रिमियर लिगमा मैदानभित्र खेल भएन तर मैदान बाहिर धेरै घटनाहरु भए । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटादेखि चेल्सीका खेलाडी कलुम हड्सन ओडोघलाई कोरोना संक्रमणदेखि क्लबहरुले खेलाडीको तलब रोक्नेसम्मका काम भए ।

यस्तै कोरोनाकै कारण म्यानचेष्टर सिटी र आर्सनलबीचको खेल स्थगित नै भयो ।

मार्च ९ मा लेस्टर सिटी र एस्टन भिल्लाबीच भएको खेल नै प्रिमियर लिगको पछिल्लो खेल बन्यो ।

मार्च ११ मा सिटी र आर्सनलबीचको खेल तय थियो तर सुरक्षाको कारण उक्त खेल स्थगित भयो । त्यही दिन युरोपियन च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल एट्लेटिको मड्रिडसंग पराजित हुँदै अन्तिम १६ बाटै आउट भयो ।

मार्च १२ मा आर्सनलका प्रशिक्षक अर्टेटालाई कोरना पोजिटिभ देखियो । त्यसको अर्को दिन चेल्सीका हड्सन ओडोईमा पनि कोरोना संक्रमण देखियो ।

मार्च १७ मा युईएफएले युरोकप २०२० एक वर्ष पछि सार्ने निर्णय गर्‍यो । मार्च १९ मा प्रिमियर लिग अप्रिल ३० सम्मलाई स्थगित गर्ने फुटबल एसोसिएसनले निर्णय गर्‍यो ।

यस्तै मार्च २३ मा युईएफएले मे ३० मा तय भएको च्याम्पियन्स लिग र मे २७ मा तय भएको युरोपा लिगको फाइनल खेल स्थगित गर्‍यो । युरोपियन प्रतियोगितामा प्रिमियर लिगका अन्य क्लबहरु खेलिरहेका थिए । लिभरपुल र टोटनहम भने बाहिरिसकेका थिए ।

मार्च ३० मा न्यूक्यासल युनाइटेडले खेलाडीबाहेकका अन्य कर्मचारीलाई केही समयका लागि छुट्टी दिने निर्णय गर्‍यो ।

अप्रिल १ मा युईएफएले च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेलहरु अनिश्चित कालका लागि स्थगित भएको घोषणा गर्‍यो ।

अप्रिल २ मा बेलायतका स्वास्थ्यमन्त्री माट हान्नकले प्रिमियर लिगका खेलाडीले केही तलब कटौती गरेर सहयोग गर्ने बताएका थिए ।

अप्रिल ३ मा प्रिमियर लिगले क्लबका खेलाडीहरुलाई ३० प्रतिशत तलब कटौती गर्न प्रस्ताव गरेको थियो ।

अप्रिल ४ मा लिभरपुलले नन प्लेइङ स्टाफलाई बेतलबी छुट्टी दिने घोषणा गरेको थियो । तर यसको आलोचना भयो ।

अप्रिल ५ मा प्रोफेसनल फुटबलर्स एसोसिएसनले प्रिमियर लिगसंग छलफल गर्दै खेलाडीको ३० प्रतिशत तलब कटौती गर्ने निर्णय ठीक नभएको भन्दै आपत्ती जनायो ।

अप्रिल ६ मा लिभरपुलले आफ्नो अघिको निर्णय पुनर्विचार गर्दै फ्यानसंग माफी नै माग्यो ।

अप्रिल ३ मा प्रिमियर लिगका खेलाडीहरुले कोरोनाविरुद्ध लड्न नेशनल हेल्थ सर्भिसका लागि सहयोग गर्न भन्दै एउटा फण्डको स्थापना गरे ।

अप्रिल ९ मा साउथह्याम्पटनले आफ्ना खेलाडीको तलबको केही अंश केही समयका लागि रोक्ने घोषणा गर्‍यो । अप्रिल १० मा वेष्टह्याम युनाइटेडले पनि खेलाडीको तलब रोक्ने घोषणा गर्‍यो ।

कोरोना भाइरसले गर्दा अहिले प्रिमियर लिग नै अनिश्चित बनेको छ । अहिले लिगसंगै क्लब  र खेलाडीहरु मर्कामा परेका छन् । केही क्लब  र खेलाडीले कोरोनाविरुद्ध लड्द्द सरकारलाई सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment