+
एसीसी यू-१६ इस्ट जोन कप :

नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

२०८२ असार  १७ गते १३:५० २०८२ असार १७ गते १३:५०
नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा मलेसियासँग खेल्ने भएको छ।
  • मंगलबार नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हरायो ।
  • सेमिफाइनल खेलहरू बिहीबार र फाइनल शनिबार हुनेछ।

१७ असार, काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्ने भएको हो ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हरायो । नेपालले समूह चरणमा चारमध्ये चारवटै खेल जितेको हो ।

मलेसिया भने समूह बी को उपविजेता हो । मलेसिया हङकङसँग मात्र पराजित भएको थियो । हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ ।

सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

एसीसी यू-१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय