+
+
Shares

भारतमा लकडाउन लम्बिने निर्णय भइसक्यो-केजरीवाल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १७:०९

२९ चैत, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढ्ने निर्णय भइसकेको बताएका छन् ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सपछि उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढाउने सही निर्णय गरेका छन् ।’

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन बढाउने विषयमा केन्द्र सरकारले भने आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । भारतमा २१ दिने लकडाउन २४ मार्चबाट सुरु भएको हो ।

भारतमा सात हजार छ सयमा कोरोना पुष्टि भएको र दुई सय ४९ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?