Comments Add Comment

यी हुन् यो वर्ष बिहे गर्ने कलाकार

यो वर्ष नेपाली चलचित्रका लागि सुखद रहेन । चलचित्रको रिलिज संख्या कम भए भने व्यापारिक रुपमा पनि नेपाली चलचित्र कमजोर रहे । दर्शकको मन जित्न केही चलचित्र मात्र सफल रहे ।

यो वर्ष नेपाली चलचित्रका केही कलाकारले विवाह गरे । नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् ।

नायिका दीपिका प्रसाईंले निर्देशक दीवाकर भट्टराइसँग यसै वर्ष नै विवाह गरिन् । उनीहरु केही वर्ष प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका हुन् । दीवाकर र दीपिकाको विवाह वैशाख २४ मा भएको थियो ।

यो वर्ष नै निर्देशक रेनशा वान्तवा राईले निर्माता पज्वल शमशेर जबरासँग विवाह गरिन् । उनीहरुले पनि वैशाखको २४ गतेलाई विवाहको उत्तम मिति छाने ।नायिका ऋचा शर्माको विवाह यो वर्ष चर्चामा रहन पुग्यो । प्रेमी दिपेक्ष विक्रम राणासँग ऋचाले २ वर्ष प्रेम गरिन् र विवाह गरिन् । उनीहरुको धुमधमासँग गरिएको विवाहले नेपाली मिडियामा उच्च स्थान पायो ।

यो वर्ष नै चर्चामा रहेको अर्को विवाह हो, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको ।यो जोडीले फागुणको १६ गते विवाह गरेको हो । करिब एक साता चलेको विवाह भव्य भयो । जसले गर्दा पनि यी दुईले लामो समय मिडियामा चर्चा पाए । उनीहरु पनि केही वर्ष प्रेम सम्बन्धमा थिए ।

नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठबीचको विवाह पनि चर्चामा रहन पुग्यो ।अझ, आँचलले लगाएको लेहेङगा र विवाह पार्टीमा हेलिकप्टर चार्टर गरिएपछि विवाहको चर्चा झनै भयो । एक वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरेका थिए ।नायिका रीश्मा गुरुङले पनि यो वर्ष नै विवाह गरिन् । पोखरामा पारिवारिक जमघटबीच भएको उनको विवाह भने खासै चर्चामा रहेन ।

यो वर्ष आधा दर्जन बढी चलचित्रकर्मीले बिहे गरेका छन् । यसैले, यो वर्षलाई कलाकारको बिहेको वर्ष भन्दा फरक नपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment