Comments Add Comment

महामारीकै बीच दक्षिण कोरियामा मतदान सुरु

३ वैशाख, काठमाडौं । दक्षिण कोरियामा बुधबार संसदीय निर्वाचन सुरु भएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि  मतदान सुरु भएको हो ।

मुलुकको राष्ट्रियसभाको लागि यो निर्वाचन भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी तीन सय सिट छ ।

अलजजीराका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेकै अवस्थामा दक्षिण कोरियाले भने आवश्यक सतर्कता अपनाएर मतदान सुरु गरेको छ ।

दक्षिण कोरियामा बुधबार नै मतदान गर्ने व्यवस्था पनि मिलाइएको थियो । जसअनुसार उल्लेख्य संख्यामा मानिसहरुले सहभागिता जनाएका थिए ।

दक्षिण कोरियामा कोरोना भाइरसको कारण अहिलेसम्म १० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २२२ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिन नदिन सबै मतदातालाई मास्क, पञ्जा, तापमान परीक्षण र सामाजिक दूरी कायम राख्नु अनिवार्य गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न सफल बनेसँगै दक्षिण कोरियामा डेमोक्रेटिक पार्टीलाई केही फाइदा पुग्न सक्ने अपेक्षा छ । बुधबार साँझसम्म दक्षिण कोरियामा निर्वाचनको नतिजा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment