Comments Add Comment

लकडाउनमा जनप्रतिनिधि : राहत वितरणमा भिड, छोरीको विहेभोज

४ वैशाख, जनकपुरधाम । सरकारले कोरोना भाइरस रोकथामका लागि धेरै भिडभाड रोक्न लकडाउन गरेको पनि तीन हप्ता भइसक्यो ।

लकडाउनको समयमा अत्यावश्यक पसलमा भिड हुन नदिन विभिन्न उपाय अपनाइएको छ । तर लकडाउन कडाइ गर्नुपर्ने स्थानीय सरकारहरु लकडाउनको बेवास्ता राहत वितरणमा ठूलो भिड बनाउने र छोरीको विवाहमा भोजभतेर गर्नेसम्मको काममा संलग्न देखिएका छन् ।

धनुषाको औरही गाउँपालिका ६ मा राहत वितरणका क्रममा ठूलो भिड लागेको छ ।

स्थानीय शंकर जनता माध्यमिक विद्यालय परिसरमा राहत लिनेको ठूलो भिड लागेको र त्यस क्रममा सामाजिक दूरी कायम गर्ने विधिहरु पनि नअपनाएको पाइएको छ ।

प्रदेश सरकारको निर्देशिकामा राहत हस्तान्तरण गर्दा लक्षित समूहका सदस्यको भौतिक दूरी न्यूनतम ३ फिट कायम गरिने उल्लेख छ ।

यस्तै, राहत वितरण स्थलमा सेनिटाइजर, साबुन पानी अनिवार्य रुपले राख्नुपर्ने, राहत अनुदान बुझ्नुअघि र पछि समेत हात धुनुपर्ने नियम बनाइएको छ । तर यहाँ कुनै पनि नियमको पालना गरिएको छैन ।

वडा अध्यक्ष साह भने राहतको सूचीमा नाम नभएका व्यक्तिले घुइँचो लगाएको बताए । उनले वडाको २ सय ७ विपन्न परिवारलाई राहत दिन सूची तयार गरेको र त्यसमध्ये बिहीबार १ सय ९३ जनालाई राहत वितरण गरिएको बताउँदै विपन्न नभएका व्यक्तिले बलजफ्ती रुपमा भिड बढाएको बताए ।

‘हामी दूरी मेन्टेन गर्दै राहत वितरण गरेका छौं, तर सूचीमा नाम नभएकाहरुले भिड बढाएका छन्’ उनले भने  ।

यता जनकपुरधामस्थित रेल्वे लाइनमा बिहीबार विहान तरकारी किन्नेको घुइँचो लाग्यो ।  धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भिड बढाउने व्यक्तिलाई नियन्त्रणमा लिएको बताउँछन् ।

छोरीको विहेमा भोजभतेर

लकडाउनको समयमा महोत्तरीका एक गाउँपालिका अध्यक्षले आफ्नो छोरीको विवाहमा ठूलो भिड र भोजभतेर गरेका छन् ।

महोत्तरी गाउँपालिकाका अध्यक्ष सुनिल रायको छोरीको विवाह बिहीबार तय भएको छ । त्यसअघि बुधबार गरिएको मटकोर विधिमा ठूलो भोज भतेर गरिएको छ । चर्काे साउण्डमा डिजे बजाएर उनले मटकोर र भोजभतेर गरेको सूचना पाएपछि सचेत गराएको महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

‘भिड नगर्न हामीले अध्यक्षलाई भन्दा के हुन्छ त ? भनेर प्रति प्रश्न गर्नुभयो’ एसपी अधिकारीले भने, ‘लक डाउनको पालना गराउने व्यक्तिले नै यस्तो भनेपछि के गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment