+
+
Shares

स्पेनमा कोरोनाबाट मृत्यु हुने १९ हजार नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १८:३५

४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार स्पेनमा १९ हजार एक सय ३० जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या भने बढेको छ । यो अवधिमा पाँच सय ५१ जनाको भाइरसको कारण मृत्यु भएको छ । अघिल्लो दिन यो संख्या पाँच सय २३ थियो ।

पछिल्लो २४ घण्टामा स्पेनमा पाँच हजार एक सय ८३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ८२ हजार आठ सय १६ पुगेको छ । यसमध्ये ७४ हजारभन्दा धेरै निको भइसकेका छन् ।

कोरोना भाइरसको कारण विश्वभर २० लाख ७५ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यो भइरसको कारण एक लाख ३० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?