Comments Add Comment

प्रदेश २ का निजी विद्यालयले परीक्षा नै नलिएको खुलासा

४ बैशाख, काठमाडौं । सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरेको छ । तर, प्रदेश नम्बर २ का निजी विद्यालय भने परीक्षा नै नलिएको खुलासा भएको छ ।

प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयमा परीक्षा सम्पन्न हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपसचिव महेन्द्र महतोका अधिकांश निजी विद्यालयमा परीक्षा हुन बाँकी छ । सामुदायिक विद्यालयमा भने परीक्षा

भइसकेको महतोले जानकारी दिए ।

निर्देशन अवज्ञा गर्दाको परिणाम

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २० फागुनमै सूचना प्रकाशित गरेर कक्षा ९ सम्मको परीक्षा सकेसम्म चाँडो सम्पन्न गर्नू भनेको थियो ।

मन्त्रालयको सूचनामा भनिएको थियो-

विश्वभरि कोभिड-१९ को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनका लागि विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वाषिर्क परिक्षा यथाशिघ्र प्रारम्भ गरी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न गराउन र विद्यालयमा सभा, समारोह, वाषिर्क उत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रम नगर्न यस मन्त्रालय सम्बन्धित सबैमा आव्हान गर्दछ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका एक अधिकारी त्यतिबेलाको निर्देशन पालना नगरेका निजी विद्यालयहरूले अहिले पश्चाताप गरिरहेको बताउँछन् ।

परीक्षा सार्ने सूचना ढिलो आयो : प्याब्सन

यसैवीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल -प्याब्सन) प्रदेश २ का अध्यक्ष मुरारीप्रसाद साह आफूहरूले एसईईसँगै परीक्षा सम्पन्न गर्ने निर्णय गरेको बताउँछन् ।

उनका अनुसार प्रदेश २ का आठवटै जिल्लामा १६ चैतदेखि परीक्षा सुरु हुने पूर्वकार्यतालिका थियो । शिक्षा मन्त्रालयले २० फागुनमा सूचना निकाल्यो । ‘त्यति छोटो अवधिमा परीक्षा सम्पन्न गर्न सम्भव नै थिएन’ प्याब्सन अध्यक्ष साह भन्छन् ।

मधेसमा होलीले तीन दिनसम्म विद्यालय प्रभावित भएको र लकडाउनअघि नै अधिकांश विद्यालयले ४/५ वटा विषयको परीक्षा लिइसकेको उनले बताए । बाँकी विषयको परीक्षा भने लकडाउनका कारण प्रभावित भएको छ ।

यो पनि पढ्नुस्

जेठ १५ अगाडि विद्यालय खुल्दैनन्, रिजल्ट लकडाउन खुलेको एक साताभित्र

‘वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’

एसईई परीक्षा कहिले ? सरकार भन्छ– लकडाउन खुलेको तीन सातापछि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment