Comments Add Comment

एन्टिबडी परीक्षणले प्रतिरोधी क्षमता मापन हुँदैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रगतमा देखिएको एन्टिबडीले कोरोना भाइरस रोक्न सक्ने प्रतिरोधी क्षमता रहेको वा नरहेको भन्ने कुरा मापन हुन नसक्ने बताएको छ । यसअघि एन्टिबडी परीक्षणबाट मानिसमा कोरोना भाइरससँग लड्ने क्षमता विकास भएको पुष्टि हुने बताइँदै आएको थियो । डब्लुएचओका अनुसार अहिलेसम्म यसको कुनै प्रमाण भेटिएको छैन ।

डब्लुएचओका हेल्थ इमर्जेन्सिजका कार्यकारी निर्देशक माइक रायनले शुक्रबार धेरै मानिसहरुमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भएको कुनै संकेत नपाइएको बताए । शरीरले एन्टिबडी उत्पादन गरेपछि रोग प्रतिरोधी क्षमता विकास हुन पनि सक्ने तर अहिले यसविरुद्ध पनि प्रमाण पाइएको उनको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरसबाट निको भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मानिसको शरीरमा हुने एन्टिबडीको कसरी काम गर्छ भन्नेबारे प्रश्न उब्जिएको थियो । यद्यपि निको भइसकेका देखिएको संक्रमणपछि उनीहरुले यो रोग अरुलाई सार्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट भइसकेको छैन ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment