+
+
Shares

कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते २०:०३

११ वैशाख, काठमाडौं । भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैँ अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो ।

मध्यपुर अस्पताल ठिमी अस्पतालमा उपचारको क्रममा साँझ सवा ६ बजेतिर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।

पानी परिरहेको बेला मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । डिएसपी गिरीले दुर्घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?