Comments Add Comment

हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

१३ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

‘हवाई उडानहरू अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशवासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । त्यसपछि वैशाख ३ सम्म प्रतिबन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिबन्ध विस्तार भएको थियो ।

सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरूलाई यात्रु लिएर आउन प्रतिबन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरूले नेपालबाट  यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरूले अहिले पनि विदेशीहरू लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्स र सिंगापुरबाट श्रीएयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिबन्ध लगाएपछि पनि सुरूमा केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । अहिले त्यो क्रम ठप्प छ ।

यो पनि पढ्नुहोस सरकारको निष्कर्ष : लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment