
१४ वैशाख, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाएकी हुन् ।
शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
पाण्डे पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । उनी यही वैशाख ५ गते चीनका लागि राजदूत नियुक्त भएका थिए ।
सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4