Comments Add Comment

चीनको गान्सु प्रान्तले वागमती र प्रदेश-५ लाई दियो स्वास्थ्य सामग्री

१९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले पर्यटनमन्त्री योगेश भट्टराईको रोहबरमा सचिव केदारबाबु अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेको हो । मन्त्रालयका अनुसार २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई गान्सु प्रान्तले उपलब्ध गराएको छ ।

उक्त अवसरमा मन्त्री भट्टराईले कोरोनाविरुद्धकोे लडाइँमा प्राप्त स्वास्थ्य सामग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । सहयोगले नेपाल-चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउने उनको भनाइ थियो । मन्त्रालयका सचिव अधिकारीले चीन सरकारका विभिन्न तहबाट नेपाललाई प्राप्त सहयोग प्रति आभार व्यक्त गरे ।

गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकताअनुसार थप सहयाग गर्दै जाने आश्वासन दिए । चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको छ ।

नेपाललाई महामारीबाट हुनसक्ने धनजनको क्षतिबाट बचाउन थप सामग्री चाहिए सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुनेे उल्लेख गर्दै उनले मानव-मानवबीचको सद्भाव कायम राख्न र दुई देशबीचको प्रगाढ सम्बन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment