Comments Add Comment

संघीय संसदको महासचिवमा गौतम सिफारिस

२२ वैशाख, काठमाडौं । संघीय संसदको महासचिव पदका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। तर, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आफूसँग परामर्श नगरी कार्यवाहक दिएको भन्दै सभामुखसमक्ष असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment