+
+
Shares

जाकाराण्डाको फूलले सजायो सहर (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ वैशाख २२ गते १७:००

२१ वैशाख, काठमाडौं । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ । सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरि नीलो फूल देख्दा सहर पनि रमाइलो देखिन्छ ।

धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । लकडाउनका कारण सवारी साधन र पैदलयात्रीको चाप कम भएका बेला सहरका सडक किनारा र पार्क छेउमा जाकाराण्डाले श्रृङ्गार भरेको छ ।

दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा फुलेको देखिन्छ ।

तर लकडाउनले यो सौन्दर्यको रसास्वादन गर्नेको कमी छ । तर, भिडलाई हेरेर फुल्दैन प्रकृति । बरु झनै स्वतन्त्र बनेर फुलेका छन् फूलहरू । फुटपाथमा खसेका फूलहरूलाई कुल्चिने कोही छैनन् । त्यसैले फुटपाथसमेत नीलाम्मे भएका छन् ।

हेर्नुहोस् तस्वीरहरू

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?