+
+
Shares

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमामा भक्तपुरको ऐतिहासिक नवदुर्गा मन्दिरमा पुगेर विधिपूर्वक पूजाअर्चना गरेका छन् ।
  • प्रथम महिला सविता पौडेलसहित पुगेका पौडेलले तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका छन् ।
  • मन्दिर परिसरमा नवदुर्गा नाच र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

८ कात्तिक, काठमाडौं । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी विधिपूर्वक पूजाअर्चना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपतिले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका हुन् ।

बडादसैं समापनको दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा उपस्थित भएर पूजाअर्चना तथा दर्शन गर्ने लामो ऐतिहासिक एवं सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल अपरान्ह भक्तपुर पुगेका हुन् ।

मन्दिर परिसरमा पुग्दा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए ।

पूजाअर्चनाको अवसरमा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक नृत्यसमेत प्रश्तुत गरिएको थियो ।

राष्ट्रपति पौडेलले व्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली लगायत नवदेवी देवगणका मूर्तिहरूको विशेष अवलोकन तथा दर्शन गरेका थिए ।

सो क्रममा उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणहरूलाई परम्परागत दक्षिणा प्रदान गरे ।

त्यसैगरी मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई ऐतिहासिक तलेजु भवानीको मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?