+
+
Shares

‘यही हो मौका, अवैध निजी सम्पत्तिलाई वैध बनाऔं’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १५:०९

२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेकपा नेता विजय पौडेलले अवैध निजी सम्पत्तिलाई वैध बनाइदिन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसका कारण वैदेशिक ऋण र सहायता घट्ने तथा आन्तरिक रुपमा राजस्वमा समेत ठूलो गिरावट आउने भएकाले त्यसको सामना गर्नका निम्ति एक पटकलाई ‘हेभी ट्याक्स’ लगाएर अवैध निजी सम्पत्तिलाई वैध बनाउन दिनुपर्ने उनीहरूको भनाइ छ ।

आगामी बजेटका सन्दर्भमा छलफल गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गरेको छलफलमा उनीहरूले यस्तो बताएका छन् ।

‘एकचोटी सम्पूर्ण नेपालीहरूको सम्पत्तिलाई अभिलखीकरण गरौं । कानुनी अस्पष्टताका कतिपय निजी सम्पत्ति अवैध भएर रहेका हुन सक्छन् । त्यसलाई बाहिर ल्या‌औं र लगानी गरौं’ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

सम्पत्ति शुद्धीकरणको डरले त्यस्ता अवैध निजी सम्पत्ति खर्च गर्न डराउनुपर्ने अवस्था रहेका कारण सरकारले आँट गरेर एक पटकका लागि अवैध निजी सम्पत्तिलाई वैध बनाउनुपर्ने उनको सुझाव छ ।

कतिपयले अन्तर्राष्ट्रिय निकायले अवैध निजी सम्पत्तिलाई वैध बनाउँदा प्रश्न उठाउन सक्ने औँल्याएका छन् । तर, अहिले विशिष्ट परिस्थिति भएकाले त्यस्तो प्रश्न नउठ्ने नेकपा नेता विजय पौडेल बताउँछन् ।

‘अहिले अवैध निजी सम्पत्तिलाई विदेश लगेर वैध बनाएर नेपाल ल्याउने प्रवृत्ति छ । एकातिर देशलाई लुट्ने अर्कोतिर विदेश गएर फेरि यतै फर्किने !’ पौडेल भन्छन्’ यही हो मौका एकचोटी हेभी ट्याक्स लगाएर अण्डरग्राउण्ड मनीलाई माथि ल्याऔं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?