+
+
Shares

‘यही हो मौका, अवैध निजी सम्पत्तिलाई वैध बनाऔं’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १५:०९

२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेकपा नेता विजय पौडेलले अवैध निजी सम्पत्तिलाई वैध बनाइदिन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसका कारण वैदेशिक ऋण र सहायता घट्ने तथा आन्तरिक रुपमा राजस्वमा समेत ठूलो गिरावट आउने भएकाले त्यसको सामना गर्नका निम्ति एक पटकलाई ‘हेभी ट्याक्स’ लगाएर अवैध निजी सम्पत्तिलाई वैध बनाउन दिनुपर्ने उनीहरूको भनाइ छ ।

आगामी बजेटका सन्दर्भमा छलफल गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गरेको छलफलमा उनीहरूले यस्तो बताएका छन् ।

‘एकचोटी सम्पूर्ण नेपालीहरूको सम्पत्तिलाई अभिलखीकरण गरौं । कानुनी अस्पष्टताका कतिपय निजी सम्पत्ति अवैध भएर रहेका हुन सक्छन् । त्यसलाई बाहिर ल्या‌औं र लगानी गरौं’ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

सम्पत्ति शुद्धीकरणको डरले त्यस्ता अवैध निजी सम्पत्ति खर्च गर्न डराउनुपर्ने अवस्था रहेका कारण सरकारले आँट गरेर एक पटकका लागि अवैध निजी सम्पत्तिलाई वैध बनाउनुपर्ने उनको सुझाव छ ।

कतिपयले अन्तर्राष्ट्रिय निकायले अवैध निजी सम्पत्तिलाई वैध बनाउँदा प्रश्न उठाउन सक्ने औँल्याएका छन् । तर, अहिले विशिष्ट परिस्थिति भएकाले त्यस्तो प्रश्न नउठ्ने नेकपा नेता विजय पौडेल बताउँछन् ।

‘अहिले अवैध निजी सम्पत्तिलाई विदेश लगेर वैध बनाएर नेपाल ल्याउने प्रवृत्ति छ । एकातिर देशलाई लुट्ने अर्कोतिर विदेश गएर फेरि यतै फर्किने !’ पौडेल भन्छन्’ यही हो मौका एकचोटी हेभी ट्याक्स लगाएर अण्डरग्राउण्ड मनीलाई माथि ल्याऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?