Comments Add Comment

मासु र पशुपन्छीबारे सरकारले भ्रम फैलायो : भेटेरिनरी एसोसिएसन

२२ वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनले कोरोना संक्रमणका बेला माछा-मासु, अण्डा र पशुपन्छीबारे सरकारले भ्रम फैलाएको आरोप लगाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै संघले माछा-मासु, अण्डाको प्रयोग र मानिसले पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने सूचना भ्रामक तथा पुष्टिहीन तथ्य भएको आरोप लगाएको छ ।

‘नेपाल सरकारका आधिकारिक निकायहरू, केही सार्वजनिक सञ्चारका माध्यमहरू तथा सामाजिक सञ्जालहरूमा विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले पुष्टि गरेभन्दा भिन्न जानकारीहरू सम्प्रेषण भई सामाजिक भय सिर्जना भएको छ,’ एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको जनचेतनामूलक सन्देशमा यस्तो विषय समेटिएको विज्ञप्तिमा भनिएको छ ।

गलत सूचनाकै कारण घर पालुवा जनावरहरू हेलाहोचो हुन थालेको, माछा मासु तथा अण्डा खान उपभोक्ता डराएको विज्ञप्तिमा भनिएको छ । माछा मासु र अण्डा खाने तथा पकाउनबारे सरकारी धारणा विश्व स्वास्थ्य संगठन र पशु स्वास्थ्य संगठनको नभएको एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment