News Summary
Generated by OK AI. Editorially reviewed.- आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीमा छोराछोरीले जीवित बुवालाई मीठा परिकार, फलफूल, मिठाई र नयाँ वस्त्र दिएर सम्मान प्रकट गर्ने चलन छ।
- दिवंगत बुवाका सन्तानले आज विभिन्न तीर्थस्थलमा श्राद्ध, तर्पण र दानपुण्य गरेर पितृको नाममा कर्म गर्ने गर्छन्।
- काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुको बाक्लो घुइँचो लागेको छ।
२७ जेठ, काठमाडौँ । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। सनातन हिन्दू परम्पराअनुसार आजको दिनलाई ‘बुवाको मुख हेर्ने पर्व’ अर्थात् पितृ औँसीका रूपमा श्रद्धा र आदरपूर्वक मनाइँदैछ।
यस विशेष दिनमा छोराछोरीहरूले आफ्ना जीवित बुवालाई मनपर्ने मीठा-मीठा परिकार, फलफूल र मिठाई खुवाउनुका साथै नयाँ वस्त्र उपहार दिएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्राचीन परम्परा छ।
बुवाबाट आशीर्वाद प्राप्त गरेमा सुख र शान्ति मिल्ने जनविश्वासका कारण, कामको सिलसिलामा घरबाट टाढा रहेका सन्तानहरू पनि आजको दिन समय निकालेर बुवाको मुख हेर्न पुग्ने गर्छन्।
तर, बुवा नहुने (दिवंगत भइसकेका) हरू भने आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्ने गर्छन्। यसै अवसरमा आज काठमाडौँको उत्तरपूर्वमा अवस्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको छ।
यसका साथै, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका र बराहक्षेत्रलगायतका तीर्थस्थलमा पुगेर स्नान गरी पितृको उद्धारको कामना गर्नेहरूको पनि उत्तिकै भीड हुनेगर्छ।
आफ्ना दिवंगत बुवालाई सम्झिँदै गोकर्णेश्वरमा स्नान, श्राद्ध र तर्पण गरिरहेका श्रद्धालुहरूको भावपूर्ण दृश्यलाई अनलाइनखबरले क्यामेरामा कैद गरेको छः

प्रतिक्रिया 4