Comments Add Comment

ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने

२१ वैशाख, काठमाडौं । ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।

आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । र, यसमा अलफ्ट, र्‍याडिसन, अन्नपूर्ण लगायतका होटलका मालिकहरुको पनि सहमति छ ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ ।

कर्मचारीले त्यस्तो तलब लिन नमाने जागिरबाट हटाउने निर्णय पनि भएको संघका एक सदस्यले जानकारी दिए । संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।

सहमतिअनुसार असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२.५ प्रतिशत दिइनेछ । सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् । आधारभूत तलबको १२.५ प्रतिशत तलब लिन नमान्नेलाई जागिरबाट निकाल्ने सहमतिमा उल्लेख छ ।

साथै आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी तलब भुक्तान गर्न जब रिजेन्सन फण्डको व्यवस्था गर्न होटल संघ र टे्रेड युनियनले सरकारसँग पहल गर्ने लगागतका विषय पनि सहमतिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment