Comments Add Comment

रुसमा लगातार चौथो दिन भेटिए १० हजारभन्दा धेरै संक्रमित

२४ वैशाख, काठमाडौं । रुसमा लगातार चौथो दिन १० हजारभन्दा धेरै नयाँ काेराेना भाइरसका संक्रमित फेला परेका छन् ।

रुसले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा रुसमा १० हजार पाँच सय ५९ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै समग्र संक्रमितको संख्या एक लाख ६५ हजार ९ सय २९ पुगेको छ ।

रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८६ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुने मानिसको संख्या एक हजार पाँच सय ३७ पुगेको छ । अहिलेसम्म रुपमा २१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

सुरुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए । तर, पछिल्लो समय एकाएक रुसमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment