Comments Add Comment

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उनको भनाइ थियो ।

बुधबारको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहेालो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । साथै भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment