+
+
Shares

वालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १६:१९

२४ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठकबारे छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको एजेण्डाबारे छलफल गर्न बुधबार नेकपा सचिवालयको बैठक बसेको हो ।

स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ । तर प्रस्तावको विषयमा सचिवालय बैठकमा एकमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?