Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक भोलि ११ बजे धुम्बाराहीमा बस्ने

२४ वैशाख,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बिहीबार विहान ११ बजे बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बैठक बस्ने जानकारी प्राप्त भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार विहान भएको छलफलपछि बैठक तय भएको हो । बैठकका एजेण्डा र प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

स्थायी कमिटी बैठकको माग गर्दै २० जना नेताले हस्ताक्षर बुझाएपछि यसबीचमा दुईपटक सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment