Comments Add Comment

एयर चाइनाको जहाज धावनमार्गतर्फ घुम्न नसकेपछि…

२५ वैशाख, काठमाडौं । एयर चाइनाको जहाज सवा १ बजे काठमाडौंबाट चीनको छेन्दु उड्ने क्रममा थियो ।

यो जहाजले कोटेश्वरतर्फ पुगेर त्यहाँबाट धावनमार्गमा गुड्दै उडान गर्नुपर्ने थियो । तर, ट्याक्सी वेको छेउमा पुगेपछि धावनमार्गतर्फ मोड्ने क्रममा जहाजलाई लम्बाई पुगेन ।

किनकी यस क्षेत्रमा अहिले धावनमार्ग विस्तारको काम भइरहेको छ । विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले धावनमार्गको विस्तारको काम भइरहेका कारण पर्याप्त घुम्ने स्थान नभएको भन्दै अग्रिम जानकारी दिएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार त्यसपछि जहाजलाई गाडीको सहायतामा धावनमार्गतर्फ सोझ्याउनुपरेको थियो । किनकी यो जहाजमा ब्याक गर्ने सिस्टम छैन ।

एयरबस ३३०–२४२ मोडलको वाइडबडी जहाजलाई गाडीले धावनमार्गतर्फ सोझ्याएपछि जहाजले उडान भरेको छ । यो जहाजले २ नाबालकसहित १६२ जना यात्रु बोकेको छ । यी यात्रु नेपालमा अड्किएका चिनियाँ नागरिक हुन् ।

चिनियाँ नागरिक लिन बिहीबार नै चीनबाट दुई जहाज आएका छन् । अर्को जहाज चाइना साउदर्नको हो । यो जहाजले १ सय ८४ जना यात्रु बोकेर ग्वाङझाउका लागि उडान गर्दैछ ।

विमानस्थलमा मौसमसमेत अहिले प्रतिकुल रहेको छ । एयर चाइनाको जहाजले धावनमार्गमा केही समय लगाएका कारण बेइजिङबाट आएको नेपाल एयरलाइन्सको जहाज केहीबेर आकाशमा होल्ड गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment