Comments Add Comment

कसरी कोरोना भाइरसको मारमा पर्‍यो रुसको गोप्य ‘परमाणु सहर’ ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर बढ्नु अहिले रुसका लागि समस्या बनेको छ । त्यसमा पनि सोभियत संघको पालामा बनेको गुप्त ‘परमाणु सहर’हरू मारमा परेका छन् ।

यस्ता धेरै सहरहरूको दशकौंसम्म पनि आधिकारिक नक्सा सार्वजनिक गरिएको थिएन । मानिसहरूलाई यस्ता सहरको नाम पनि थाहा थिएन । यद्यपि रुसको उत्तरी भेगतर्फ निकै दूरदराजमा रहेको जंगली बरफले ढाकिएको क्षेत्रमा भने फरक किसिमले मानिसको जीवन चलिरहेको थियो ।

यो सहरमा अहिलेसम्म पनि धेरै मानिस पुग्न सकेका छैनन् । वास्तवमा यो ठूलो सैन्य कम्प्लेक्स हो । जुन आफैँमा एक सहर जस्तो छ । अमेरिकासँग परमाणुको प्रतिस्पर्धा चलिरहेको समयमा रुसले यो सहर बसाएको थियो । सोभियत संघको अस्तित्व रहेको समयमा यसलाई ‘न्युक्लियर’, ‘क्लोज्ड’ र ‘सेक्रेट’ सिटिज भनिन्थ्यो । सोभियत संघको सेना र परमाणु उद्योगका लागि यिनीहरू महत्वपूर्ण राजनीतिक केन्द्र थिए ।

सोभियत संघ विघटन भएको तीन दशक नाघिसकेको छ । तथापि सैन्य केन्द्रमा भने खासै परिवर्तन आएको छैन । अमेरिका जस्तै रुस पनि परमाणु शक्तिमा अब्बल बन्न चाहन्छ । त्यसैले उसले आफ्नो परमाणु कार्यक्रमलाई जारी राख्दै आएको छ । अहिले तिनै परमाणु गतिविधि हुने गरेका सहरहरू चर्चामा आएका छन् । तर, त्यसको कारण परमाणु शक्ति भने होइन । यस्ता परमाणु सहरमध्ये केहीमा कोरोना भाइरस (कोभिड–१९) फैलिएको छ ।

रुसको सरकारी परमाणु एजेन्सी रोजाटोमले यी सहरहरूमा तत्कालै रेस्पिरेटर्स र पीपीई पठाउनुपर्ने बताएको छ । अहिले सारोव, इलेक्ट्रोस्टाल र डेस्नोगोस्र्कको अवस्था चिन्ताजनक अवस्थामा पुगेको अधिकारीहरूले बताएका छन् ।

केही दिनअघि मात्र रुसको परमाणु एजेन्सीले सारोव एक्सपेरिमेन्टल फिजिक्स साइन्टिफिक रिसर्च इन्स्टिच्युटका सात कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको थियो ।

सारोवको परमाणु केन्द्रमा नै रुसले आफ्नो पहिलो परमाणु बम बनाएको थियो । विश्लेषकका अनुसार अहिले कोरोना भाइरसको महामारी फैलिएसँगै परमाणु गतिविधिमा असर पर्न सक्ने बताएका छन् । यी सहरहरूमा परमाणु हतियार निर्माण, परमाणु सामग्री प्रोसेसिङ हुने गर्छ ।

शीतयुद्धको सहर

शीतयुद्धको सुरुवातमा कुनै पनि मुलुकको शक्ति उसको परमाणु शक्तिको आधारमा हुने गरेको थियो । त्यसैले अमेरिका र सोभियत संघको बीचमा परमाणु हतियार विकास गर्ने होड चलेको थियो । त्यसैले सोभियत संघले परमाणु हतियार निर्माणको लागि यी केन्द्रहरू बनाएको थियो । सोभियत संघले परमाणु हतियार निर्माणको लागि यस्तो ठाउँ खोजेको थियो कि जसको अस्तित्व गोप्य राख्न सकियोस् र दुस्मनले बमबारी गरे पनि यो क्षेत्र सुरक्षित रहन सकोस् ।

अहिलेसम्म पनि रुसमा यस्ता परमाणु वा गोप्य सहर कति छन् भन्ने थाहा छैन । तर, त्यतिबेला बनाइएको ४० सहर अझै अस्तित्वमा रहेको बताइएको छ । यसमध्ये अधिकांश सहरको नियन्त्रण सिधा रक्षा मन्त्रालयसँग हुन्छ भने केही सरकारी परमाणु एजेन्सी ‘रोजाटोम’ले हेर्ने गर्छ ।

परमाणु सहरमा जीवन

सन् १९९० को दशकमा फ्र्यांक एन वोन हिप्पेलले यीमध्ये केही सहरको भ्रमण गरेका थिए । उनका अनुसार यो सहरमा पुग्नु नै निकै कठिन काम हो । यो सहरमा पुग्न केवल एकमात्र सडक हुन्छ । जहाँ सुरक्षाकर्मीले पहरा दिइरहेका हुन्छन् । भित्र जान र आउनका लागि पास देखाउनुपर्ने हुन्छ ।

उनका अनुसार यो सहरमा बस्ने अधिकांश मानिस कि वैज्ञानिक हुन्छन् कि सेनासँग जोडिएका हुन्छन् । उनीहरूसँग आफ्नो परिवार पनि हुन्छ । यहाँ धेरैजसो मानिस सामान्य भवनमा बस्छन् । उच्च अधिकारीलाई भने बंगलामा बस्ने व्यवस्था हुन्छ । तर, यहाँ कसैलाई कैदीको जस्तो गरेर राखिने होइन । यहाँका मानिसहरू सानो जनसंख्या भएको सहरमा बसेजस्तै गरी बसेका छन् ।

वोन हिप्पेलका अनुसार यी सहरमा बस्ने मानिसलाई यहाँ नै बस्ने बानी पर्छ । उनीहरू बाहिरी सहरको बारेमा त्यति धेरै सोच्दैनन् । यसमा ओजस्र्कजस्ता सहर पनि छन् । यहाँ बस्ने मानिसमा विकिरणको खतरा रहेको पाइएको छ । यीमध्ये केही सहर अहिले विदेशी लगानीको लागि खुला गरिएको छ । यद्यपि यी सहरमा कानुनी कागजातविना रुसी नागरिकले पनि जान पाउँदैनन् ।

गुप्त सहरको कहानी

कुनै समयमा यी सहरको चर्चा केवल गुप्त रिपोर्टको लागि मात्र गर्ने गरिएको थियो । तर, सोभियत संघको विघटनभन्दा ठिक अगाडि मात्र यी सहरको बारेमा जानकारी आउन सुरु गरिएको थियो । त्यसभन्दा पहिला यी सहरलाई नक्सामा मात्र देखाइने गरिएको थियो । यहाँसम्म कि उक्त सहरमा बस्ने मानिसलाई जनगणनामा पनि समावेश गरिने गरिएको थिएन । यी सहर सोभियत संघको परमाणु प्रतिष्ठानको लागि काममा आउने गरेको थियो । बाँकी विश्वका लागि भने यी सहरको अस्तित्व आधिकारिकरुपमा मेटाइएको थियो ।

सन् १९९० को दशकमा सरकारले यस्ता केही सहरलाई भने त्यतिकै छाडिदिएको थियो । किनकि सरकारलाई त्यहाँ चलेको योजनामा कुनै रुचि थिएन ।

पुटिनको सक्रियता

यी सहरहरूमा धेरैजसोले नियमित काम गरिरहेका थिए । तर, उनीहरूको महत्व भने घट्दै गएको थियो । भ्लादिमिर पुटिन सत्तामा आएपछि भने अवस्था फेरियो । सोभियत संघको विघटनपछि यस्ता धेरैजसो केन्द्र बेकार बनेका थिए । तर, पछिल्लो केही वर्षमा रुसले यी केन्द्रमा उल्लेख्य लगानी गरेको छ । यो लगानी यी केन्द्रको आधुनिकीकरण र परमाणु हतियार निर्माणको काम जारी राख्न सहयोग पुगेको छ ।

गतवर्ष सारोवमा एक रहस्यमयी दुर्घटना भएको थियो । जसमा पाँच परमाणु वैज्ञानिकको मृत्यु भएको थियो । यो घटनापछि रुसले यी विशेषज्ञ नयाँ हतियारको प्रयोग गरिरहेको स्वीकार गरेको थियो । त्यही सारोव अहिले कोरोना भाइरसको महामारीको शिकार भएको छ । रोजाटोमका अनुसार एक अवकाशप्राप्त जोडी मस्कोमा बिदा मनाएर यहाँ फर्केका थिए । उनीहरूबाटै सारोवमा भाइरस फैलिएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment