Comments Add Comment

नेपालगञ्जमा २२ संक्रमितको प्रत्यक्ष सम्पर्कमा जम्मा १९० जना !

२४ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुसँग सम्पर्क र भेटघाट भएका सबैको पहिचान गरिएको कट्याक ट्रेसिङमा संलग्न अधिकारीहरुले बताएका छन् ।

नेपालगञ्जमा पहिलो पटक १९ वैशाखमा ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । डीएसपी रोडका उनी महेन्द्रपार्कस्थित अन्सारी मस्दिजमा अजान गर्थे र घरघरमा गएर बालबालिकालाई उर्दु भाषा पढाउँथे ।

उनको सम्पर्कमा आएका ९४ जनाको पहिचान गरी परीक्षण गर्दा थप २२ जनामा संक्रमण देखियो ।

थपिएका संक्रमितको सम्पर्कमा आएका १९० जनाको पहिचान गरेर स्वाब संकलन गरिएको छ । ‘हिजो हामीले ५४ जनाको स्वाब संकलन गरेका थियौं, आज थप बुधबार १३६ जनाको स्वाब संकलन गर्‍यौं’ जनस्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले भने, ‘२२ जना संक्रमितको कन्ट्याक ट्रेसिङ लगभग सकियो ।’

संकलित सबै नमुनाको परीक्षणका लागि नेपालगञ्जकै भेरी अस्पतालस्थित प्रयोगशाला पठाइएको छ । त्यसमध्ये ३४ वटाको रिपोर्ट आएको छ । सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

अरु नमुना परीक्षणका क्रममा छन् ।

संक्रमित १३ परिवार !

नेपालगञ्जका २३ संक्रमितको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरु १३ परिवारको भएको कट्याक ट्रेसिङमा संलगन सुरक्षा अधिकारीहरुले बताएका छन् ।

यद्यपि जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारीहरुले यसबारे केही खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment