+
+
Shares

प्रधानमन्त्रीले भने– प्रिय जेनजी, सुशासन कायम हुने नै छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै “प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।” लेखे।
  • गत वर्ष २३ भदौको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेर देशभर सार्वजनिक बिदा दिएको छ।
  • २३ भदौको काठमाडौं प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दुई दिनमा ७६ जनाको मृत्यु र आगजानी भएको थियो।

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् ।

गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

यही दिनलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेको थियो । भने आज देशभरि सार्वजनिक बिदा दिएको छ ।

यसैबीच प्रधानमन्त्री शाहले मंगलबार साँझ जेनजीहरूलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?