News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन जाने भएका छन्।
- परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्री शाहसँगै महासभामा जाने भएका छन्।
- ३ भदौको मन्त्रिपरिषद् बैठकले खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन स्वीकृति दिएको थियो।
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।
अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सँगै जानेछन् ।
‘जाने तयारी भएपछि हामीले तयारी थालेका छौं । मन्त्रालयले गर्नुपर्ने तयारी अघि बढाएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
महासभामा के विषय उठाउने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि चासो व्यक्त भएको परराष्ट्र स्रोतले बतायो ।
प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।
यसअघि गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनका लागि स्वीकृति दिएको थियो ।
पछिल्लोपटक रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाह पनि सभामा सहभागी हुन जान लागेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री शाह आफैं उपस्थित भएर उक्त सभामा जलवायुको विषय उठाउन पर्ने माग पछिल्लो समय बढेको थियो । जलवायु संकटकै कारणले नेपालले ठूलो क्षति व्यहोरेको पृष्ठभूमिमा यो सभालाई प्रयोग गरेर नेपालले आफूमाथि न्याय माग्नपर्ने माग उठ्दै आएको छ ।
प्रतिक्रिया 4