Comments Add Comment

लकडाउनमा के–के गर्न पाइन्छ ? (मन्त्रिपरिषद निर्णयको पूर्ण विवरण)

२५  वैशाख, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गर्दैगर्दा विभिन्न प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । अब लकडाउनका बेला के–के गर्न पाइन्छ ? अनि के गर्न पाइँदैन ? यसबारे आम मानिसहरूमा अन्योल देखिएको हुनाले हामीले लकडाउन सम्बन्धी क्याबिनेट निर्णयको पूर्ण विवरण प्रकाशित गरेका छौं ।

सरकारले लकडाउनको अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्य वस्तुलगायतका कृषि तथा पशुपन्क्षीजन्य उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरु सञ्चालनको लागि आवश्यक पर्ने ढुंगागिटी लगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ्ग तथा बित्तीय सेवालाई सुचारु गर्न केही शर्तहरु तोकेको छ ।

केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई, सामाजिक दुरी कायम गरी/गराई तोकिए बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउने मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

लकडाउनमा  के गर्ने, के नगर्ने भन्नेबारे चर्चा गर्नुअघि मन्त्रिपरिषदकाे निर्णयका १, २ र ३ नम्बर बुँदा हेरौं, जसमा अन्तर राष्ट्रिय हवाइ उडान र सीमा नाका सम्बन्धी निर्णयहरू समावेश छन्-

१. विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ संक्रमण फैलिने सम्भावना देखिएकाले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७-०१-१४ गतेको निर्णयअनुसार सो रोग रोकथाम र निर्मूल गर्न संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७७ वैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी जारी गरिएको आदेश हाललाई मिति २०७७ जेठ ५ गते सोमबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।

२.  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रहरु लगायत अन्य मित्रराष्ट्रहरुले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन २०७७ वैशाख ३१ गते बुधबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ जेठ १८ गते आइतबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने । तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्ने । सबै किसिमका आन्तरिक र बाह्य व्यवसायिक यात्रुबाहक हवाई उडानहरु उक्त अवधिसम्म स्थगित गर्ने । यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरुलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने ।

३. विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो । हालसम्मको आदेशको पालना गरी साथ दिनु भएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, मिति २०७७ जेठ ५ गते सोमबार मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र मिति २०७७ जेठ १८ गते आइतबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन स्थगित गर्ने कार्यको पूर्णरुपमा पालना गरी गराई सहयोग पु¥याउन हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछ ।

सरकारले विहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न आम जनसमुदायलाई आग्रह गर्दै भनेको छ, ‘वैशाख २५ गते मनाइने सिद्धार्थ गौतमको जन्म दिनको पावन अवसर विश्व शान्तिको कामनासहित स्मरण गर्ने । कोरोना रोगको रोकथाममा लागेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, राष्ट्रसेवकहरुलाई हौसला प्रदान गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभ एवं संक्रमितबाट सुरक्षित रहने प्रतिबद्धतासहित वैशाख २५ गते साँझ ७ बजे आ–आफ्नो स्थानमा दीप प्रज्ज्वलन गर्ने ।’

बुँदागत रुपमा हेरौं मन्त्रिपरिषदको निर्णय–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment