+
+
Shares

संसारकै लामो कोरोना संक्रमण, लगातार ७५० दिनसम्म बिरामी परेर विश्व कीर्तिमान

एजेन्सी एजेन्सी
२०८२ असोज ७ गते १३:४३

कमजोर रोग प्रतिरोधात्मक प्रणाली भएका एक व्यक्ति लगातार ७५० दिनसम्म कोभिड-१९ संक्रमणबाट ग्रसित भएर विश्व कीर्तिमान कायम गरेका छन् । यो विश्वमा कुनै पनि व्यक्तिमा भएको अहिलेसम्मकै लामो कोरोना संक्रमण हो ।

अमेरिकी शोधकर्ताहरुले गरेको नयाँ शोध अनुसार नाम नखुलाइएका ती व्यक्तिमा भएको संक्रमण यद्यपि दीर्घकालीन कोभिड अर्थात् लंग कोभिड थिएन । कोरोना भाइरसको सक्रिय चरण नै उनको शरीरमा २ वर्षसम्म चलिरह्यो ।

उनलाई श्वासप्रश्वासका लागि लगातार कठिनाइ उत्पन्न भैरह्यो र पाँचपटक अस्पताल भर्ना हुनुपर्‍यो । शोधकर्ताले यस्तो लामो संक्रमण खतरनाक हुने चेतावनी दिएका छन् । किनकि लामो संक्रमणले गर्दा भाइरसमा खतरनाक म्युटेसन अर्थात् उत्परिवर्तन हुनसक्छ ।

द लेन्सेट जर्नलमा प्रकाशित समाचार अनुसार ४१ र्व्षका ती व्यक्ति एचआईभी १ बाट समेत संक्रमित थिए । सन् २०२० को मध्यतिर उनलाई कोभिड भाइरस संक्रमण थपियो ।

त्यसबेला उनले एचआईभी विरुद्धको एन्टी रेट्रोभाइरल थेरापी लिइरहेका थिएनन् र चिकित्सा स्याहार पनि पाइरहेका थिएनन् । जसका कारण कोभिड संक्रमण उनलाई भारी पर्‍यो । उनलाई श्वास फेर्न समस्या हुने, टाउको दुख्ने, जीउ दुख्ने तथा शरीर कमजोर हुनेजस्ता लक्षण देखिए ।

उनको रोग प्रतिरोधी प्रणालीको कमजोरीको मुख्य कारण चाहिँ CD4 T कोशिकाको संख्यामा कमी आउनु थियो । सामान्य व्यक्तिमा ती कोशिका प्रति माइक्रोलिटर रगतमा ५ सयदेखि १५ सयसम्म हुनेमा उनको रगतमा भने जम्मा ३५ मात्र थिए  । जसका कारण उनको शरीरबाट भाइरस बाहिर निस्किन सकेन र झण्डै २ वर्षसम्म शरीरभित्रै भाइरस सक्रिय रह्यो ।

सन् २०२१ के मार्चदेखि सन् २०२२ को जुलाइसम्म उनको शरीरबाट लिइएका भाइरसका नमूनाहरुको जेनेटिक विश्लेषणबाट उनको सरीरभित्र उक्त भाइरस निरन्तर उत्परिवर्तन भएको देखिएको छ ।

बोस्टन विश्वविद्यालयका शोधकर्ता जोसेलिन भेलास्क्वेज रेयेसको टोलीले गरेको अध्ययनका क्रममा बिरामीको शरीरभित्र भाइरसको उत्परिवर्तनदर सामुदायिकस्तरमा हुने उत्परिवर्तन जस्तै रहेको देखिएको थियो ।

दीर्घकालीन कोभिड भन्दा फरक

दीर्घकालीन कोभिड अर्थात् लंग कोभिड भनेको यस्तो अवस्था हो जहाँ व्यक्तिको शरीर कोरोना भाइरसमुक्त त हुन्छ तर उसमा थकान, श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरु लमो समयसम्म रहन्छन् । ती अमेरिकी व्यक्तिको शरीरमा भने ७५० दिनसम्म भाइरस नै सक्रिय रह्यो । त्यसैले यो सक्रिय कोभिडकै सबैभन्दा लामो घटना हो ।

हार्वर्ड विश्वविद्यालयका महामारी विज्ञ विलियम हेनेजका अनुसार लामो संक्रमणबाट भाइरसले कोशिकाहरुलाई कुशलतापूर्वक संक्रमित गर्ने तरिका पत्ता लगाउने मौका प्रदान गर्दछ ।

अधिक फैलिने भेरिएन्टहरू यस्तै खालका संक्रमणबाट विकास हुन्छन् । विज्ञका अनुसार कोरोना भाइरसको ओमिक्रोनजस्ता भेरिएन्टहरु पनि सायद कुनै व्यक्तिको शरीरभित्रै विकशित भएका हुनसक्छन्, जहाँ भाइरसले उत्परिवर्तन हुने मौका प्राप्त गर्‍यो ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?