+
+
Shares

दैनिक व्यायाम गर्दै राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते ९:२५

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ ।

नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् ।

नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा लकडाउनको समयमा आफूले व्यायाम गर्दै गरेको तस्वीर र भिडियो बढी पोस्ट गरेका छन् ।

लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायाम गर्दै आएका छन् । हरेक दिन बिहान व्यायाम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् ।

हमालको यो मेन्टेनबाट अहिलेका युवाहरूले धेरै कुरा सिक्न सक्छन्। नायक हमालको व्यायामले पक्कै पनि उनका शुभचिन्तकहरू माझ गज्जबको छाप छाडेको हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?