News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै शुक्रबार बिहान ६ बजे ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
- पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ।
- दमकलले आगो नियन्त्रणमा लिएपछि कारभित्र मृत अवस्थामा भेटिएका व्यक्तिको परिचय खुलेको छैन र प्रहरीले आगलागीको कारण अनुसन्धान गरिरहेको छ।
२६, भदौं, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो ।
कारभित्र नै रहेका एक जनाको जलेर मृत्यु भएको छ ।
दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उनको परिचय खुल्न सकेको छैन ।
आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा कसरी आगो लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4