Comments Add Comment

बर्दियामा १८ हजारलाई राहत

फाइल तस्वीर

२७ वैशाख, राजापुर । बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरिब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ ।

कोरोना भाइरस संंक्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहुँ छाक टार्न समस्यामा परेका गरिब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो चरणमा अहिलेसम्म १७ हजार नौ सय ३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् । पालिकाका टोल विकास संस्थामार्फत नामावली सङ्कलन गरिएको तर केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारबाहीको माग भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment