+
+
Shares

नारायणी अस्पतालका नियमित सेवा सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १५:५८

३१ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका सम्पूर्ण सेवाहरू नियमित सञ्चालन हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नारायणी अस्पतालका नियमित सेवाहरू सुचारु गर्न निर्देशन दिएको हो।

नारायणी अस्पतालमा उपचाररत रहेका कोरोना संक्रमितलाई डिस्चार्ज गरेपछि अन्य तोकिएको अस्पतालमा उपचार गराउने व्यवस्था मिलाउन समेत बैठकले निर्देशन दिएको छ।

अस्पतालको नाममा ६ बुँदे पत्र लेख्दै स्वास्थ्य मन्त्रालयले जिल्लामा अन्य अस्पताललाई कोभिड अस्पतालका रुपमा छनौट गर्दा मन्त्रालयले तोकेको मापदण्ड पूरा भएको हुनुपर्नेछ। त्यस्तै, आर्थिक दायित्वबाहेक जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको दायित्व नारायणी अस्पतालले व्यवस्थापन गर्नुपर्नेछ ।

कोभिड अस्पतालको सम्पूर्ण आर्थिक तथा भौतिक दायित्व भने वीरगञ्ज महानगरपालिको व्यवस्थापन गर्नुपर्ने मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?