Comments Add Comment

भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा धेरै, ८५ हजार नाघे

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्याको आधारमा भारतले चीनलाई पछि पारेको छ ।

भारतमा संक्रमितको संख्या ८५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार नौ सय ४० पुगेको हो ।

चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार नौ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार नौ सय ७० नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय तीन जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार सात सय ५२ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार एक सय पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ६८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा अहिलेसम्म नौ हजार नौ सय ३१ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ६ पुगेको छ ।

भारतको मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार पाँच सय ९५ संक्रमित फेला परेका छन् । यो राज्यमा दुई सय ३९ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार चार सय ६१ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय २५ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार ५७ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट ९५ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार १८ संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा ३० हजार एक सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment