+
+

वीरगञ्जका संक्रमितले पाउन थाले पोषिलो खाना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १२:५३

५ जेठ, वीरगञ्ज । वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरूलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो ।

अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरूले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो ।

सानोपाइला बिहानको खाजामा दुईवटा रोटी, आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ, अंगुर र एक गिलास दूध खुवाएको नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमित पत्रकार सुरेश विडारीले जानकारी दिए। पोषिलो खाजा र खानको व्यवस्थापन सानो पाइलाले गरेको हो ।

अस्पतालमा रहेका बिरामीहरूले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइलाले लिएको थियो ।

संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर हामी कोरोनासँग लड्दैछौं भनेर स्वास्थ्यमन्त्रीलाई पत्र लेखेको ब्लग समेत सार्वजनिक भएको थियो ।

सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले आइसोलेसन कक्षमा रहेका बिरामीहरूलाई खाना र खाजा खुवाउने मौका दिएकोमा सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

अधिकृत झाका अनुसार नारायणी अस्पतालमा रहेका ७१ र सिद्धार्थ माविको आइसोलेसन कक्षमा रहेका २५ जना संक्रमितहरूलाई खाना तथा खाजाको व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?