Comments Add Comment

गुजरातबाट जेठ १ गते आएका थिए नवलपरासी पूर्वका कोरोना संक्रमित

९ जेठ, काठमाडौं । नवलपरासी पूर्वमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका विनयत्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष भारतको गुजरातबाट जेठ १ गते फर्किएको खुलेको छ ।

उनी जेठ १ गते नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेन्टाइनमा दुई दिन बसेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर उनलाई जेठ ३ गते विनयत्रिवेणी गाउँपालिका ६ को क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

जेठ ६ गते ज्वरो आएपछि उनलाई ७ गते क्वारेन्टाइनस्थलबाट एम्बुलेन्समा राखेर चोरमाराको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार विहान साढे ४ बजे चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले उनमा ज्वरो नभएको र अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।

ती व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment