+
+
Shares

भारतको क्वारेन्टाइनमा एक नेपालीको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १० गते २०:३९

१० जेठ, बुटवल । भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुष हुन्।

जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका उनको शनिबार मृत्यु भएको बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टि गरेका छन् ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली नाकासम्म आएपनि नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् । उनको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार महाराजगंज अस्पतालमा चेकजाँच गरेर पुनः क्वारेन्टाइन फर्केका थिए ।

तर क्वारेन्टाइनमा फर्केलगत्तै उनको मृत्यु भएको त्यहाँ रहेका मृतकका भिनाजुले जानकारी गराएका प्रहरी निरीक्षक अधिकारीले बताए । बेलहिया नाका हुंदै नेपाल आउनुपर्ने नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहले प्रमाणीकरण गरेर नल्याएसम्म उनीहरुलाई फर्काएर नौतनवाका क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

मृतकको कोरोना परीक्षण गरेर पोजेटिभ पुष्टि भए भारतमै अन्त्येष्टी गरिने र नेगेटिभ रिपोर्ट आए नेपाल ल्याएर आफन्तलाई शव बुझाइने प्रहरी निरीक्षक अधिकारीले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?