Comments Add Comment

घोराहीको कृत्रिम तालमा फेरि गयो युवकको ज्यान

११ जेठ, दाङ । घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित कृत्रिम तालमा डुबेर फेरि पनि एक युवकको मृत्यु भएको छ । तालमा डुबेर रोल्पाको रुन्टीगढी–९ घर भई घोराही बस्दै आएका २२ वर्षीय युवक विजय केसीको मृत्यु भएको हो ।

उनी डिलबाट चिप्लिएर तालमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दाङ प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

दुई वर्षअघि मंसिरमा पनि सोही तालमा डुबेर घोराही १५ का १८ वर्षीय लक्ष्मण डीसीको मृत्यु भएको थियो । लक्ष्मणको शव प्रहरीले ६४ घण्टापछि फेला पारेको थियो ।

घोराही उपमहानगरपालिकाले पानी संकलन गर्न दुई दर्जन बढी कृत्रिम ताल बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment