Comments Add Comment

काठमाडौं आउजाउ गरिरहन्थे ककनीका कोरोना संक्रमित

११ जेठ, काठमाडौं । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा भन्छन्, ‘उहाँ वडा नं. ३ का स्थानीय बासिन्दा हुनुहुन्छ । पछिल्लो समय कामले काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमित व्यक्ति ३९ वर्षीय पुरुष हुन् । उनलाई टेकु अस्पताल पठाउने तयारी भइरहेको लामाले अनलाइनखबरलाई जानकारी दिए ।

आइतबार मुलुकभर थप १९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६ सय नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment