+
+
Shares

डिल्लीबजार कारागारमा झडप

गौरव पोखरेल गौरव पोखरेल
२०७७ जेठ ११ गते ९:०२

११ जेठ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । सामान्यताः कारागारका एक/एक वर्षमा चौकीदार परिवर्तन हुने भए पनि डिल्लीबजारमा डेढ वर्ष हुन लाग्दा फेरिएका छैनन् ।

यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनमा उधारोमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।

‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले अनलाइनखबरसँग भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’

अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

एक जना घाइते 

घटनामा जबरजस्तीकरणी सम्बन्धी कसूरका शमशेर तामाङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

हाल तामाङलाई वीर हस्पिटल लगिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी एसएसपी किरण बज्राचार्यले अनलाइनखबरसँग बताइन् ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?