Comments Add Comment

ईदले सबै धर्मावलम्वीलाई एकताको सन्देश दिने देउवाको विश्वास

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व ईदले सम्पूर्ण जातजाती र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन देउवाले आग्रह पनि गरेका छन् ।

ईदको अवसरमा सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै देउवाले पवित्र ईद पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment