Comments Add Comment

पेट्रोलियम मजदुरको चेतावनी-रोजीरोटी खोसे सहन्नौँ

१२ जेठ, काठमाडौं । पेट्रोलियम बिक्री वितरणको क्षेत्रमा कार्यरत मजदुर कटौती हुनसक्ने व्यवसायीको चेतावनीप्रति अखिल नेपाल पेट्रोलियम मजदुर संगठनले आपत्ति जनाएको छ ।
सोमबार संघका अध्यक्ष शिव पोख्रेलले एक विज्ञप्ति जारी गर्दै अत्यवश्यक क्षेत्रका श्रमिक अन्यायमा परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

श्रमिक र व्यवसायीको सहमतिमा समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा व्यवसायी संगठने एक तर्फरुपमा श्रमिक कटौतीको चेतावनी दिनु गलत भएको संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षित रुपमा व्यवसाय सञ्चालनका लागि आफूहरुले पटक-पटक छलफल गर्दा पनि व्यवसायिहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले एकतर्फीरुपमा सार्वजनिक अभिव्यक्ति दिएको संघले जनाएको छ । संकटको बेला मजदुरको रोजी रोटी खोस्ने प्रयास भए शसक्त रुपमा उत्रिने मजदुर संगठनले जनाएको छ ।

केही दिनअघि एक विज्ञप्ति जारी गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले व्यासाय नचल्दा श्रमिक कटौतीसम्मको अवस्था आउन सक्ने आकलन गरेको थियो ।  मानिसको आवाजावत हुने क्षेत्र भएकाले श्रमिकको सुरक्षा प्रश्न उठेको भन्दै महासंघले सबै श्रमिकको कोरोना संक्रमण परीक्षण गर्न माग पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment