Comments Add Comment

सबै प्रदेशमा चलचित्रको छायांकनका लागि स्थान बनाइने

आर्थिक बर्ष २०७७–०७८ को बजेटमा नेपाली चलचित्रलाई पनि सम्बोधन गरिएको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सम्पूर्ण प्रदेशमा नेपाली चलचित्रको छायांकनका लागि स्थान बनाइने बताइएको छ ।

यस्तै, चलचित्र मार्फत स्थानीय भाषा, संकृतिलाई अगाडि ल्याउने खालका चलचित्र निर्माण गर्नका लागि प्रोत्साहित गरिने बताइएको छ ।

यसपटकको बजेटमा चलचित्र कलाकार संघको भवन निर्माणका लागि समेत बजेट छुट्टाइएको छ । अर्थमन्त्रीले आफ्नो बजेट भाषणमा कलाकार संघको भवन निर्माणका लागि बजेट छुट्टाएको बताएका छन् ।

यस्तै, नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई आवश्यक बजेटको व्यवस्था गरिएको छ । चलचित्र विकास बोर्डका लागि छुट्टाइएको रकम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment