Comments Add Comment

डुसेलडोर्फको पोस्टमा ५ गोल हान्दै बायर्नले बनायो १० अंकको अग्रता

१८ जेठ, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा शानदार जितसहित उपाधि यात्रा थप मजबुत पारेको छ । शनिवार भएको खेलमा फर्चुना डुसेलडोर्फलाई फराकिलो अन्तरले पराजित गरेको बाय्नले दोस्रो थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको फराकिलो अग्रता बनाएको छ ।

रोवर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बायर्नले ५–० को जित हासिल गरेको हो ।

लेवान्डवस्कीले ४३औं र ५०औं मिनेटमा गोल गरे । यस्तै बेन्जामिन पाभार्डले २९औं र अल्फोन्सो डेभिसले५२औं मिनेटमा गोल गरेका थिए । बार्यनले खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । उक्त गोल भने डुसेलडोर्फका माथिएस जोर्गेनसनले आत्मघाती गरेका थिए ।

जितपछि २९ खेलबाट बायर्नले ६७ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्ड ५७ अंकसहित दोस्रोमा छ । डर्टमण्डले आज एससी पाडेरबवर्नसँग खेल्नेछ ।

बुण्डेसलिगाको अन्य खेलमा हर्था बर्लिनले अग्सबर्गलाई २–० ले, एनट्राट फ्राङ्कफुर्टले वुल्फ्सवर्गलाई २-१ ले, होफेनहेइमले माइन्ज र वेडर ब्रेमनले साल्कालाई समान १० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment