+
+
Shares

सबै पसल खोल्ने सुर्खेत उद्योग वाणिज्य संघको निर्णय

प्रजीअ न्यौपाने भन्छन् - मनोमानी मान्य छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १७:५६

२० जेठ, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि नियमित रुपमा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मङ्गलबार विज्ञप्त जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसलहरु सञ्चालनमा ल्याउने निर्णय गरेका जानकारी गराएको हो ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउनेबाहेक अन्य कुनै प्रभावकारी काम नगरेको भन्दै संघले यति लामो लकडाउन थेग्ने नसक्ने बताएको छ ।

अध्यक्ष धनबहादुर रावतले दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण व्यापार व्यवसाय धरापमा परेको तर सरकारले प्रस्तुत गरेको बजेटमार्फत कुनै सहुलियत प्याकेजको घोषणा नभएको भन्दै बाध्य भएर पसल सञ्चालन गर्ने निर्णय भएको बताए ।

शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण पसलहरु खोल्ने संघले जनाएको छ । फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५ देखि ८ बजेसम्म सञ्चालनमा रहने संघले जनाएको छ ।

मनोमानी मान्य छैन-प्रजीअ न्यौपाने

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने लकडाउनको उल्लंघन गरी पसल सञ्चालनमा ल्याउने उद्योग वाणिज्य संघको निर्णय मान्य नहुने बताएका छन् ।

मनोमानी रुपमा पसल खोल्न नदिइने भन्दै प्रजीअ न्यौपानेल व्यवसायीसँग छलफल गरिने बताए । ‘उहाँहरुसँग बसेर छलफल पनि गर्छौ,’ प्रजिअ न्यौपानेले भने, ‘प्रशासनको काम सरकारको निर्णय कार्यान्वयन गराउनु हो । उहाँहरुले सरकारको निर्णयको अवज्ञा गर्नुहुन्छ भने प्रशासनले पनि आफ्नो जिम्मेवारी पूरा गर्छ ।’

प्रदेशसभामा पनि विरोध

उद्योग वाणिज्य संघको पसल खोल्ने निर्णयको कर्णाली प्रदेशसभामा विरोध भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य पदमा खड्काले कारोना भाइरस (कोभिड-१९)को संक्रमणले महामारीकै रुप लिइरहेको बेला यस्तो निर्णय व्यवहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सुर्खेत उद्योग वाणिज्य संघ यसअघि पनि आफूखसी निर्णय गर्दै पसलहरु सञ्चालन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?